शीर्षकहरू

प्रभु इन्स्योरेन्सले ५ करोड ६० लाख नाफा कमायो

प्रभु इन्स्योरेन्सले ५ करोड ६० लाख नाफा कमायो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म प्रभु इन्स्योरेन्स खुद नाफा ५ करोड ६० लाख रुपैयाँ कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढेको छ । गत आवमा ५ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो  ।  

समीक्षा अवधिमा कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने २३ करोड २४ लाख रुपैयाँ आम्दानी गरको छ । यस अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब २९ करोड रुपैयाँ सञ्चित छ ।