शीर्षकहरू

सानिमा जीआइसी इन्स्योरेन्सको नाफा ५० प्रतिशतले बढ्यो, बीमाशुल्क आर्जन ६ प्रतिशत वृद्धि

सानिमा जीआइसी इन्स्योरेन्सको नाफा ५० प्रतिशतले बढ्यो, बीमाशुल्क आर्जन ६ प्रतिशत वृद्धि

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा  ५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको नाफामा ५० प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भमा ६१ करोड ९२ लाख ९६ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा २१ करोड ६४ लाख रुपैयाँ छ । भने अन्य इक्विटीमा १५ करोड ४९ लाख रहेको छ । महाविपत्ती कोषमा ४ करोड ६ लाख रहेको छ ।

यो अवधिमा कम्पनीले ३९ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकगलनगरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४ लाख कुल बीमाशुल्क संकगलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६ प्रतिशतले बढेको हो ।