काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड ७४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १११ दशमलव ४४ प्रतिशत बढेको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा ९९ दशमलव ३६ प्रतिशत बढेको छ । गत वर्ष ४ करोड ८२ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ९ करोड ६२ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४५ करोड रुपैयाँ छ । शेयर प्रिमियममा ८ लाख ६८ हजार रुपैयाँ रहेको कम्पनीको रिटर्न अर्निग भने २२ करोड ७१ लाख रुपैयाँभन्दा बढी रहेको छ । जगेडा कोष रकम भने १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी रहेको छ । पहिलो त्रैमाससम्म १४ अर्ब ३९ करोड १९ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले १९ अर्ब ५५ करोड २६ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्ष १२ दशमलव ४१ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १० दशमलव ९७ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६० पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ५६ पैसा छ ।