शीर्षकहरू

गौशालामा काठमाडौँ महानगरले चलायो डोजर

गौशालामा काठमाडौँ महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले गौशालामा मापदण्डविपरीत बनाइएको संरचनामा डोजर चलाएको छ । चक्रपथ सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन पुगेको नगर प्रहरीको टोलीले डोजर चलाएको हो ।

चक्रपथ सडक सीमाको २५ मिटरभित्र बनाइएका संरचनाहरू हटाउन लागिएको महानगरले जनाएको छ । यसरी मापदण्ड मिची बनाइएका कम्तीमा १० वटा संरचना भत्काउन थालिएको हो ।

डोजर चलाउने क्रममा केही स्थानीयले अवरोध गरे पनि महानगर प्रहरीले संरचना भत्काउन सुरु गरेको छ ।