शीर्षकहरू

भारतका रेलवेमा ९६ प्रतिशत विद्युतीकरण

भारतका रेलवेमा ९६ प्रतिशत विद्युतीकरण

एजेन्सी । भारतीय रेलवेले विद्युतीकरणमा ठूलो कोसेढुङ्गा हासिल गरेको छ । भारतका रेलवेमा ९६ प्रतिशत विद्युतीकरण पूरा भएको छ। भारतमा रेलवे विद्युतीयकरण भएपछि अब अफ्रिकी देशहरूमा डिजेल इन्जिनहरू निर्यात गर्ने योजना बनाएको छ । भारतीय रेलवेले अफ्रिकामा स्टील र खानी उद्योगका लागि २० वटा डिजेल इन्जिन निर्यात गर्ने निर्णय गरेको छ। यो पहिलो अर्डरको मूल्य ५० करोड रुपैयाँ छ। 

यी डिजेल इन्जिनहरू मुख्यतया दक्षिण अफ्रिकी देशहरूमा प्रयोग गरिनेछ । जहाँ रेल नेटवर्कले केप गेज ट्र्याक प्रयोग गर्दछ । अफ्रिकी बजारको लागि डिजेल लोकोमोटिभहरूको पुनस् डिजाइन भारतीय रेलवेको अनुसन्धान डिजाइन र मानक संगठनद्वारा गरिनेछ ।