शीर्षकहरू

कर दिवसका दिन विभिन्न करदाता सम्मानित, व्यक्तितर्फ राजबहादुर शाह पुन: सम्मानित

कर दिवसका दिन विभिन्न करदाता सम्मानित, व्यक्तितर्फ राजबहादुर शाह पुन: सम्मानित

काठमाडौं । सरकारले कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजश्व विभागले करदातालाई सम्मान गरेको हो ।राष्ट्रिय कर दिवसका अवसरमा शनिबार सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित गरेको छ ।

सरकारले गत आर्थिक वर्ष २०७९र८० मा धेरै कर तिर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ । कर दिवसका अवसरमा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले उत्कृष्ठ करदाताहरुलाई सम्मान गरेका हुन् ।

विभागका अनुसार एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स, बस्तु निर्यातको कारोबारमा डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेता निर्यातमा कोडावतार प्रालि, कृषि तथा पशुपंक्षी उद्योगमा पतञ्जली आयुर्वेद, नविल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थामा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटललाई सम्मानित गरेको हो ।

 पर्यटनतर्फ तारागाउँ रिजेन्सी होटल, बस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट,  वार्षिक कारोबार ५० देखि बढीमा १०० करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएट्ठ एण्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सिटी एक्सप्रेस  सम्मानित भएका छन् । त्यस्तै, मूल्य अभिवृद्धि कर विवरण  समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये होङ्सी शिवम् सिमेन्ट सम्मानित भएको  छ ।