शीर्षकहरू

मकर जितुमाया सुरी हाइड्रोपावरको नाफा १३६ प्रतिशत बढ्यो

मकर जितुमाया सुरी हाइड्रोपावरको नाफा १३६ प्रतिशत बढ्यो

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष १३६ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म २ करोड ३७ लाख रुपेयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ५ करोड ६१ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको हो । यस वर्ष विद्युत विक्री आम्दानी १०३ प्रतिशत बढेकाले खुद नाफामा सकारात्मक प्रभाव परेको हो । 

गत वर्ष ६ करोड ७७ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष १३ करोड ७७ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको हो । वित्तीय खर्च पनि गत वर्ष २ करोड ७६ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष ४ करोड ७५ लाख रुपैयाँभन्दा बढी भएको हो । हाल कम्पनीको चुक्तापूँजी ७६ करोड रुपैयाँ छ भने रिटर्न अर्निग ४ करोड २२ लाख रुपैयाँभन्दा बढी कायम छ । 

पहिलो त्रैमाससम्म दिर्घकालिन कर्जा २ अर्ब २ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने शुन्य रहेको छ । गत वर्ष दिर्घकालिन कर्जा १ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी थियो भने अल्पकालिन कर्जा १६ करोड रुपैयाँ थियो । वार्षिक प्रतिशेयर आम्दानी २९ रुपैयाँ ५४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ५३ पैसा छ ।