शीर्षकहरू

शेयर संख्या नखुलाइ एनआइएमबीले संस्थापक शेयर बेच्दै

शेयर संख्या नखुलाइ एनआइएमबीले संस्थापक शेयर बेच्दै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले विक्री गर्ने शेयर संख्या नखुलाई संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो ।

 बैंकले आज जारी गरेको सूचनामा बिक्री संख्या र मूल्य पनि खुलाइको छैन । इच्छुक लगानीकर्ताले ७ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।