काठमाडौं । अपि इन्फ्रा लिमिटेडले आफ्नो १० तले लक्जरी अपार्टमेन्ट परियोजनाको शिलान्यास गरेको छ । सोमबार आयोजित विशेष पूजापाठ कार्यक्रमपछि यो परियोजनाको शिलान्यास गरिएको हो ।
उक्त अपार्टमेन्ट १२० करोड रुपैयाँको लगानी बन्दैछ । ३ रोपनी क्षेत्रफलमा फैलिने यस परियोजनामा कुल ४३ युनिट रहनेछन् । कम्पनीले बुकिङ खुला गरिसकेको छ, जहाँ हाल बुकिङ गर्नेले पार्किङ शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
कम्पनीकी कार्यकारी निर्देशक सिर्जना खड्काका अनुसार अपार्टमेन्ट निर्माण २ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ। 'झम्सिखेल जस्तो क्षेत्रमै यस्तो सुविधा सम्पन्न अपार्टमेन्ट पाउनु अबको दुर्लभ अवसर हो। लक्जरी जीवनका लागि यो उपयुक्त विकल्प हो,' उनले बताइन् ।