शीर्षकहरू

सानिमा बैंकको २०औँ साधारणसभा सम्पन्न, ५.२६ प्रतिशत नगद लाभांश

सानिमा बैंकको २०औँ साधारणसभा सम्पन्न, ५.२६ प्रतिशत नगद लाभांश

काठमाडौं । सानिमा बैंक लिमिटेडले २०औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

मंगलबार बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

आर्थिक वर्ष २०८०/८१ मा रु. २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुल निक्षेप रु. १९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४.९४ अर्ब रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले वृद्धि गरेको छ । २०८१ असार मसान्तसम्म बैंकको वित्तीय परिसूचकहरूमा  निष्क्रिय कर्जा १.७२ प्रतिशत, पुँजीकोष  १३.२१ प्रतिशत, तरलता     २९.२१ प्रतिशत कर्जा निक्षेप अनुपात (मासिक औसत)  ८०.५३ प्रतिशत रहेको छ ।