काठमाडौं । प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालको अनुगमनमा कडाइ गर्न थालेको छ । मंगलबार मात्र ९ वटा विभिन्न सामाजिक सञ्जालहरुमा पोष्ट भएका सामाग्रीहरुको अनुगमन गरेको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
९ वटाको अनुगमन गरेकोमा ७ वटालाई स्पष्टिकरण सोध्ने काम गरिएको र २ वटालाई भने नेपाल प्रहरीको साइवस ब्यूरोमा कारबाहीका लागि पठाइएको बताएको छ ।