शीर्षकहरू

नेप्से सामान्य अंकले बढ्दा यी सात कम्पनीमा लाग्यो सर्किट

नेप्से सामान्य अंकले बढ्दा यी सात कम्पनीमा लाग्यो सर्किट

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ९.०९ अंकले बढेर दुई हजार ७११.७५ अंकमा बजार बन्द भयो ।

बुधबार सेन्सेटिभ इन्डेक्स ०.३४, फ्लट इन्डेक्स ०.६१ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.१९ अंकले बढेको छ भने १३ मध्ये आठ उपसमूहको शेयर बढेको छ । बैंक, जीवन बीमा, उत्पादन र प्रशोधन, निर्जीवन बीमा र अन्यको शेयर भने घटेको छ ।

आज कारोबारमा आएकामध्ये १४३ कम्पनीको शेयर बढेको छ भने ८९ कम्पनीको शेयर घटेकोमा ११ कम्पनीको शेयर स्थिर रहेको छ ।

सामान्य अंकले बढेको शेयर बजारमा यसदिन सात वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर, सप्तकोशी डेभलपमेन्ट बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको शेयरमा सर्किट लागेको छ । यस्तै, सपोर्ट माइक्रोफाइनान्सकको शेयर ९.९७ प्रतिशतले बढेको छ ।

विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाइरहँदा गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । यसदिन ७ अर्ब ९ करोड २८ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ६४ हजार ५५२ कम्पनीको शेयर खरिदबिक्री भएको छ । मंगलबार ५४.९४ अंकले घटेको शेयर बजारमा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बराबरको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर कारोबार भएको थियो ।