शीर्षकहरू

एलिजा गौतमले किनिन अफ-रोडर अल-इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स

एलिजा गौतमले किनिन अफ-रोडर अल-इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स

काठमाडौं ।  नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स डेलिभरि तथा हस्तान्तरण गरेको छ । 

ओमोडा एन्ड जेइकोको चाबहिलस्थित आधिकारिक डिलरसिप एबिटि मोटर्समा कार्यक्रमका साथ जेइको जेसिक्स हस्तान्तरण गरिएको हो । एसपिजि अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द, सिनियर म्यानेजर आशिष दाहाल, तथा एबिटि मोटर्सका प्रबन्ध निर्देशक सचिन कुमार श्रेष्ठ र सोरुम म्यानेजर हिमांशु श्रेष्ठको उपस्थितिमा एलिजा गौतम र ऋषि धमलालाई हस्तान्तरण गरिएको हो ।

जेइको जेसिक्स नेपालकै पहिलो अफ-रोडर इलेक्ट्रिक एसयुभि भएको दावी गरिएको छ । इलेक्ट्रिक मोटर, २०० मिलिमिटरको अग्लो ग्राउन्ड क्लियरेन्स र स्पोर्टि डिजाइनले गर्दा अन्य प्रतिद्वन्दी एसयुभिहरूभन्दा छुट्टै स्तरमा रहेको छ । यसका अलावा, जेसिक्समा रहेको ४०० किमिको डब्लुएलटिपि रेन्ज, ६५.६९ किलोवाटआवरको ब्याट्री क्षमता र १३५ किलोवाटको अधिकतम पावरले अफ-रोड ट्र्याकहरू तथा एडभेन्चरस यात्रामा भरपर्दो साथ दिन्छ ।

 जेइको जेसिक्ससँगै ओमोडा एन्ड जेइकोको प्रिमियम र लामो-रेन्जको इलेक्ट्रिक एसयुभिहरूको लाइनअपमा थपिएको नयाँ एसयुभि हो । नेपाली बजारमा गत फेब्रुअरि २०२४ मा सार्वजनिक भएको ओमोडा एन्ड जेइकोले केही महिना भित्रै नेपालमा ७०० भन्दा बढी युनिट गाडीहरू डेलिभर गरिसकेको छ ।