शीर्षकहरू

बोटलर्स नेपाल तराईको लाभांश घोषणा

बोटलर्स नेपाल तराईको लाभांश घोषणा

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीले प्रतिशेयर ५० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

मङ्सिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण हुनेछ ।  

कम्पनीले अघिल्लो आवको मुनाफाबाट ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।