काठमाडौं । नेपालको विद्यमान आर्थिक अवस्थाबारे लेखाजोखा गर्ने तथा आगामी दिनमा देशको अर्थतन्त्रको लागि दिगो रुपमा संचालन गर्न विभिन्न उपायहरूको खोजि गर्ने सम्बन्धमा अर्थमन्त्रालय र नेपाल आर्थिक संघबीच सहकार्य हुने विषयमा छलफल भएको छ ।
नेपालले आर्थिक संघ र अर्थ मन्त्रालयबीच धेरै वर्षदेखि अर्थतन्त्रसँग सम्बन्धित विषयमा विविध विषयमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि अर्थतंत्र ई सही दिशामा अगाडि बढाउन नेपाल आर्थिक संघ तयार रेरहेको कुरा संघका अध्यक्ष प्रा डा विश्वम्भर प्याकुरेलले भेटघाटको क्रममा बताए।
संघले बेला बेलामा विभिन्न विषयमा सरकारलाई स्वन्त्र रूपले सुझाव सल्लाह दिदै आएको र आजको आबश्यकता लाई मध्यनजर गरेर, संघीयतहका साथै प्रदेश तहमा पनि समसामयिक आर्थिक मुद्दाहरुमा बुद्धिजिबी, नीजी क्षेत्रको धारणा र राज्यले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी दिन अर्थ मन्त्रालयसँग कार्यक्रम अगाडि बढाउन सकिने कुरा संघका अध्यक्ष प्रा डा प्याकुरेलले बताए।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भेटमा नेपाल आर्थिक संघ अर्थशास्त्रीहरूको छाता संगठन र अर्थतन्त्रसँग सम्बन्धित विषयमा पहिले पनि सहकार्या गरेको यो संस्था महत्वपूर्ण संस्था भएकोले सहकार्य गर्न कुनै असजिलो नहुने कुरा व्यक्त गरेका थिए ।
उक्त बैठकमा नेपाल आर्थिक संघका उपाध्यक्ष प्रा डा गोविन्द नेपाल, महासचिव डा गोपाल प्रसाद तिवारी, सचिव डा खोम खरेल, कार्यसमिति सदस्य अर्थविद केशव आचार्य, कार्यसमिति सदस्य प्रा डा केशव राज खड्का, कार्यसमिति सदस्य डा यादव मनी घिमिरे लगायत अन्य अर्थशास्त्री हरूको उपस्थिति थियो।