काठमाडौं । काठमाडौंमा भूकम्प गएको छ । बिहीबार राति पौने ११ बजे कीर्तिपुर आसपास केन्द्र विन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पको २.६ म्याग्निच्युड भएको केन्द्रले जानकारी दिएको छ ।
काठमाडौंमा नै केन्द्र विन्दु भएकाले काठमाडौंका आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।