काठमाडौँ । शुक्रबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार यसदिन तोलामा १५ सय रुपैयाँले बढेर सुन प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहिबार सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । आज आज चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।