काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रम छर्नेहरूले सत्ता समीकरण फेरिन लागेको भ्रम फैलाएको दाबी गर्दै २०८४ सम्मै सत्ता गठबन्धन कायम रहने दाबी गरेका छन् ।
शुक्रबार दरमारमार्गमा नेकपा एमालेले गरेको जागरण अभियानलाई सम्बोधन गर्दै उनले आफू असारसम्म सरकारको नेतृत्व गर्ने र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए ।
'सरकार फेब्रुअरीसम्म मात्रै टिक्छ भन्ने गलत हो । मेरो अवधि २०८३ असारसम्म हो । त्यसपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ,' उनले भने, 'यो समीकरण २०८४ को चुनावसम्म कायम रहनेछ ।' उनले सरकार ढल्ने भ्रममा नपर्न भनेका छन् ।