काठमाडौँ । महिला उद्यमी महासंघ नेपाल र नेप्को इन्टरटेन्मेन्टको सहकार्यमा अस्ट्रेलियामा 'मेड इन नेपाल एक्स्पो' २०२४ को आयोजना हुने भएको छ । अस्ट्रेलियाको मेलवर्नमा उक्त मेला आयोजना हुन लागेको महासंघले जनाएको छ ।
नेप्को इन्टरटेन्मेन्सको आयोजनामा हुन लागेको सो मेलामा महिला उद्यमी महासंघ नेपाल सह आयोजकको रुपमा भूमिका रहनेछन् । मेला यही आगामी १४ र १५ डिसेम्बर २०२४ मा स्थानिय समय अनुसार विहान १० बजेबाट साँझ ५ बजे सम्म सञ्चालन हुनेछ ।
महिला उद्यमी महासंघ नेपाल अर्न्तराष्ट्रिय स्तरमा आयोजना हुन लागेको प्रर्दशनी मेलामा पहिलो पटक सहआयोजकको रुपमा आफ्नो भूमिका निर्वाह गर्न लागेको हो । मेलामा नेपाली कच्चा पदार्थहरुका साथै स्थानीय सिप तथा प्रविधिको प्रयोगबाट उत्पादन भएका वस्तु तथा सेवाहरुलाई विक्री एवं प्रर्दशनीका लागि राखिनेछ ।
सो मेलामा महासंघले नेपाली उद्यमीहरुद्धारा उत्पादन गरिएका हस्तकला, कृषि, शिक्षा, पर्यटन, खाद्य उत्पादनका साथै नेपाली सास्कृतिक उत्पादनहरुको प्रर्वद्धन, प्रर्दशन तथा विक्री वितरण हुनेछ ।