शीर्षकहरू

एनएमबि बैंकको १ लाख ८० हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

सर्वसाधारणले पनि खरीद गर्न पाउने

एनएमबि बैंकको १ लाख ८० हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले १ लाख ८० हजार २८८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । सर्वसाधारण लगानीकर्तामा बिक्री गरिए पनि यी शेयर संस्थापक समूहमै रहने जानकारी समेत कम्पनीले दिएको छ ।

प्रतिकित्ता ११० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ । इच्छुक खरीदकर्ताहरुले मंसिर २३ गते दिउँसो ३ बजेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र मंसिर २४ गते बिक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम समेत तय भैसकेको छ ।