काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको छ । यसदिन नेप्से परिसूचक १३.०३ अंकले घटेर दुई हजार ६६७.४० अंकमा बजार बन्द भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स १.७६, फ्लट इन्डेक्स ०.९४ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.५५ अंकले घटेको छ । १३ उपसमूहमध्ये लगानी र उत्पादन र प्रशोधनबाहेक अन्य सबै उपसमूहको शेयर घटेको छ ।
आज कारोबारमा आएका २४४ कम्पनीमध्ये १८१ कम्पनीको शेयर घटेकोमा ५५ कम्पनीको शेयर बढेको छ भने ८ कम्पनीको स्थिर रहेको छ ।
आइतबार सेन्चुरी डिबेन्चर २०८८ का लगानीकर्ताले सर्वाधिक ७.७५ प्रतिशतले गुमाउँदा माहुली लघुवित्तको ६.३० र नारायणी डेभलपमेन्ट बैंकको शेयर ५.८० प्रतिशतले घटेको छ । यता थ्रीस्टार हाइड्रोपावरको शेयर भने सर्वाधिक ९.९१ प्रतिशतले बढेको छ । यस्तै, न्यादी ग्रुप पावरको ९.५८ र नबील डिबेन्चरको ९.०१ प्रतिशतले शेयर बढेको छ ।
यसदिन ७ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर खरिदबिक्री भएको छ ।