शीर्षकहरू

पर्यटक तान्दै ह्याप्पी हिल्स स्काईवाक, बन्जी पनि थप्ने तयारी

पर्यटक तान्दै ह्याप्पी हिल्स स्काईवाक, बन्जी पनि थप्ने तयारी

काठमाडौं । काठमाडौं र नुवाकोटको बीचमा रहेको मुड्खुमा खुलेको ह्याप्पी हिल्स एडभेन्चर रिसोर्ट स्काईवाक र मनमोहक दृश्यहरु हेर्ने गन्तव्य बन्दै गएको छ ।

हालसालै सञ्चालनमा आएको यो रिसोर्ट मुड्खु टावर भएको क्षेत्रमा रहेको छ, जहाँबाट मनमोहक हिमाली परिदृश्य देख्न सकिन्छ । प्राकृतिक सौन्दर्यका साथै यो ठाउँ साहसिक पर्यटन तथा फरक अनुभव पाउनका लागि गन्तव्य बन्न थालेको छ । 

ह्याप्पी हिल्समा सबैभन्दा प्रमुख आकर्षण भने त्यहाँको स्काईवाक रहेको छ । उक्त स्काईवाकमा सिसाबाट बनेको पुलमा हिड्दै साहसिक अनुभव लिनुका साथै काठमाडौंको परिदृश्य हेर्न पाइन्छ । रिसोर्टको उद्घाटनको समय भएकाले हालका लागि ५० प्रतिशत छुटमा स्काईवाकमा २५० रुपैयाँमा नै पर्यटकीय अनुभव गर्न सकिन्छ ।

पर्यटकिय परिदृश्य र स्काईवाकका साथै काठमाडौंको भिडभाडबाट टाढा हुन मन हुनेका लागि सहज गन्तव्यका रुपमा रहेको ह्याप्पी हिल्समा अन्य थुप्रै विशेषताहरुसमेत रहेको रिसोर्टले जनाएको छ । रिसोर्टले निकट भविष्यमा रिभर्स बन्जीका साथै अन्य साहसिक क्रियाकलाप पनि थप्ने तयारी गरेको छ ।