शीर्षकहरू

सानिमा जिआईसी इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डमा दियो निवेदन

सानिमा जिआईसी इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डमा दियो निवेदन

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।  कम्पनीले १०ः२.५ अनुपातमा ५० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सिटिजन क्यापिटल लिमिटेड छ ।

 कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ छ । हकप्रद शेयर निष्कासन बाँडफाँटपछि यसको पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोके बमोजिम पूँजी कायम गर्न हकप्रदको सहारा लिएको हो ।