शीर्षकहरू

खर्च कम भएसँगै शिवम् सिमेन्ट यस वर्ष १ करोडभन्दा बढी नाफामा

खर्च कम भएसँगै शिवम् सिमेन्ट यस वर्ष १ करोडभन्दा बढी नाफामा

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड २७ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ । गत वर्ष यस अवधिसम्म ५ करोड ३४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष नाफामा गएको हो ।

यस वर्ष कम्पनीको कुल खर्च गत वर्षभन्दा २२ दशमलव ८५ प्रतिशत कम भएको छ भने अन्य आम्दानी ३९७ दशमलव ६४ प्रतिशत बढेको छ । गत वर्ष २४ करोड ५४ लाख रुपैयाँभन्दा बढी कुल खर्च गरेको कम्पनीले यस वर्ष १८ करोड ९३ लाख रुपैयाँभन्दा बढी मात्र कुल खर्च गरेको हो ।

अन्य आम्दानी गत वर्ष २ करोड १२ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष १० करोड ५७ लाख रुपैयाँभन्दा बढी भएको हो । कम्पनीले सञ्चालनबाट यस वर्ष साढे १३ प्रतिशत कम आम्दानी गरेको देखिन्छ । अन्य आम्दानी बढेको र खर्च कम भएकाले कम्पनी यस वर्ष खुद नाफामा गएको देखिन्छ । हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ छ भने जगेडा कोष रकम ४ अर्ब ४८ करोड ८० लाख रुपैयाँभन्दा बढी छ ।

कुल सम्पत्ति ११ अर्ब ७४ करोड २९ लाख रुपैयाँभन्दा बढी रहेको यस कम्पनीको कुल दायित्व रकम भने २ अर्ब २२ करोड ७९ लाख रुपैयाँभन्दा बढी मात्र छ । वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ २ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १८९ रुपैयाँ २८ पैसा कायम छ ।