शीर्षकहरू

दुर्गा प्रसाईँलाई रिहाइ गर्न सर्वोच्चद्वारा अस्वीकार, उपचारको व्यवस्था गर्न निर्देशनात्मक आदेश

दुर्गा प्रसाईँलाई रिहाइ गर्न सर्वोच्चद्वारा अस्वीकार, उपचारको व्यवस्था गर्न निर्देशनात्मक आदेश

काठमाडौँ । सर्वोच्च अदालतले साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहाइ गर्न अस्वीकार गरेको छ । प्रसाईँलाई गैरकानूनी रूपम थुनामा राखेको भन्दै उनका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले खारेज गरेको हो ।

यद्यपि, प्रसाईँको स्वास्थ्य उपचारको व्यवस्था गर्न भने अदालतले निदेशनात्मक आदेश दिएको छ । निराजनले निवेदनमा प्रसाईंले क्यान्सरको उपचार गराइरहेकाले स्वास्थ्यमा समेत उचित व्यवस्था गर्न माग गरेकोमा अदालतले स्वास्थ्य उपचारको व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको हो ।

गत मंसिर ४ गते प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक्जियटा कम्पनीमा २१ अर्ब अमेरिकी डलर लगानी रहेको अफवाह फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

उनले सोमबार सामाजिक सञ्जालमा एक भिडिओ सार्वजनिक गर्दै अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओली कम्बोडिया बिजनेश फोरममा रहभागी हुन त्यहाँ गएको र उनले शेयर होल्डरको रुपमा हस्ताक्षर गरेको आरोप लगाएका थिए ।

यसअघि असोज ६ गते साइबर अपराधमा पक्राउ परेका उनी असोज १५ गते १ लाख धरौटीमा रिहा भएका थिए ।