काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश बहादुर बमले दिएको राजीनामा स्वीकृत भएको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर १६ गतेदेखि लागू हुने गरी सिइओ बमको राजीनामा स्वीकृत गरेको जानकारी कम्पनीले नेप्से मार्फत गराएको छ ।
सिइओ बमको राजीनामा स्वीकृत गरेसँगै कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शिवराज जोशीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकलेनै जोशीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।