काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को कात्तिक मसान्तसम्म प्रति इकाई खुद सम्पत्ति मूल्य १२ रुपैयाँ १९ पैसा कायम भएको छ । असोस मसान्तसम्मको तुलनामा कात्तिकमा योजनको यो मूल्य बढेको हो । असोज मसान्तसम्म योजनको प्रति इकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ९७ पैसा थियो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना सञ्चालनका लागि बोर्डले २०७९ साल जेठ ४ गते अनुमति दिएको थियो । यस योजनाले १० करोड २५ लाख ७६ हजार ३६० इकाई जारी गरेको थियो । कात्तिक मसान्तसम्म योजनको खुद सम्पत्ति भने १ अर्ब २४ करोड ९९ लाख रुपैयाँभन्दा बढी छ । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले कात्तिक मसान्तसम्म धितोपत्रमा गरेको लगानी रकम ९४ करोड ५३ लाख रुपैयाँभन्दा बढी छ । बैंक मौज्दात ११ करोड २ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको धितोपत्रमा समेत कुल लगानी बजारमूल्य भने १ अर्ब १३ करोड २३ लाख रुपैयाँभन्दा बढी छ ।
असोज मसान्तसम्म १९ करोड ४५ लाख रुपैयाँभन्दा बढी नाफा गरेको योजनाले कात्तिक मसान्तसम्म भने २१ करोड ६७ लाख रुपैयाँभन्दा बढी नाफा गर्न सफल भएको छ । कात्तिकमा योजनाको जम्मा आम्दानी २२ करोड ४५ लाख रुपैयाँभन्दा बढी रहेकोमा जम्मा खर्च ७८ लाख ४३ हजार रुपैयाँ भएको छ ।