शीर्षकहरू

समृद्धि फाइनान्सको सीई‌ओमा दोहोरिए लोहनी

समृद्धि फाइनान्सको सीई‌ओमा दोहोरिए लोहनी

काठमाडौँ । टीकानिधि लोहनी थप एक कार्यकालका लागि समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) मा दोहोरिएका छन् ।

शुक्रबार बसेको सञ्चालक समिति बैठकले लोहनीलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल सकिएसँगै शुक्रबार नै सञ्चालक समिति बैठकले पुन: सीईओमा नियुक्त गरेको हो ।

लोहनीको नयाँ कार्यकाल मंसिर १५ देखि लागू भएको छ ।