शीर्षकहरू

एसुयोर बचत तथा ऋण सहकारीको चौधौँ साधारणसभा सम्पन्न, लेखा समिति प्रतिवेदन राम्रो

एसुयोर बचत तथा ऋण सहकारीको चौधौँ साधारणसभा सम्पन्न, लेखा समिति प्रतिवेदन राम्रो

काठमाडौँ । एसुयोर बचत तथा ऋण सहकारीको चौधौँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा  २०८०/८१ को वार्षिक लेखापरीक्षणका साथै २०८१/८२ को लागि प्रस्तावित कार्यक्रम र सोका लागि अनुमानित आयव्यय विवरण पेश गरिएको छ ।

संस्थाको शेयर पूँजी आव २०८०/८१ मा रु १ करोड ६५ लाख ११ हजार ६०० रहेको छ । जुन अघिल्लो आवभन्दा १४ लाख ८९ हजार ६०० बढी हो । त्यसैगरी बचततर्फ रु ६ करोड ७६ लाख १३ हजार ६६३.४६ र ऋण लगानीतर्फ रु ८ करोड २६ लाख ९९ हजार ९६१.७४ रहेको छ ।

कुल आम्दानीतर्फ १ करोड २४ लाख ५ हजार ७७०.०३, विभिन्न कोषहरुमा रु ४५ लाख ६८ हजार १५८.४९ रहेकोमा खराब ऋण कोषमा रु ४० लाख ९ हजार ४७५.७६ रहेको छ । त्यस्तै खर्चतर्फ व्याज खर्च रु ७४ लाख ७१ हजार ३६०.३३र अन्य खर्च रु ३८ लाख ५२ हजार १७८.६ रहेको कम्पनीले जनाएको छ ।

आव २०८१/८२ मा शेयर पूँजी रु २ अर्ब, बचत रु १० करोड र ऋण १ करोड पुर्‍याइ १५ प्रतिशत लाभांश दिने लक्ष्य कम्पनीले राखेको छ । 

कम्पनीको लेखा समितिको प्रतिवेदन राम्रो देखिएको छ । संस्थाले जिम्मेवारी दिएबमोजिम संस्थाको आर्थिक तथा व्यवस्थापकिय गतिविधिलाई हर हिसाब नियमअनुसार राखेको, आर्थिक अवस्था राम्रो रहेको, शेयर सदस्यहरुलाई दिने सेवा सुविधा राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ ।