शीर्षकहरू

लक्ष्मी सनराइज क्यापिटलको १४औं साधारण सभा सम्पन्, पौने ८ करोड नगद लाभांश पारित

लक्ष्मी सनराइज क्यापिटलको १४औं साधारण सभा सम्पन्, पौने ८ करोड नगद लाभांश पारित

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतबारका लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सभा सम्पन्न भएको छ ।

लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल एक आपसमा गाभिएर मिति २०८० पौष २३ गतेबाट संयुक्त कारोबारको थालनी गरिएको थियो । दुई कम्पनीको मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी रु.४८ करोड ८ लाख कायम भएको छ । 

वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आव २०८०/८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो र आव २०८१/८२ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा निर्णय गरिएको संस्थाले जनाएको छ ।

साथै, मर्जर पश्चात आव २०८०/८१ को एकीकृत वासलात बमोजिम प्रतिशेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७.८९ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीहरुलाई करिब पौने ८ करोड अर्थात् रु.७ करोड ७१ लाख ९४ हजार ७३६.८० (१५ % कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको संस्थाले जनाएको छ ।