शीर्षकहरू

सिवाईसी नेपाल लघुवित्तको १ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा, १८ हजारभन्दा बढी सर्वसाधारणमा जारी

सिवाईसी नेपाल लघुवित्तको १ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा, १८ हजारभन्दा बढी सर्वसाधारणमा जारी

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ६ हजार ५४३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले १८ हजार ३६० कित्ता अन्य व्यक्तितथा संस्थाहरुले आवेदन दिन पाउने गरी र ८८ हजार १८३ कित्ता भने विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन पाउने गरी निष्कासन गरेको हो । दुबै तर्फको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र अर्थात पुस १ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ । 

दुबै तर्फको शेयर मंसिर १७ गतेदेखि विक्रीमा आएको हो । यस अघि विद्यमान संस्थापक शेयरधनीका लागि मात्र निष्कासन गर्दा वितरण हुन नसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १८ हजार ३६० कित्ता शेयर निष्कासन गरेको हो । सर्वसाधारणमा जारी भएको शेयरको मूल्य प्रतिकित्ता ८६४ रुपैयाँ तोकिएको छ । 

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता खरीद माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकको कार्यालय टेकु, काठमाडौंसँगै कम्पनीको केन्द्रिय कार्यालय कास्कीमा समेत आवेदन पेश गर्न सकिने व्यवस्था छ ।