काठमाडौँ । बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । यसदिन सुन तोलामा १०० रुपैयाँले बढेर १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ ।
हिजो मंगलबार सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी पनि तोलामा २० रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज चाँदी तोलामा १ हजार ८४५ रुपैयाँमा कारोबार भैरहेको छ ।