काठमाडौँ । काठमाडौं उपत्यका विकास प्राधिकरणले मापदण्ड विपरीतका संरचना हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।
बुधबार एक सूचना जारी गर्दै काठमाडौं, ललितपुर र भक्तपुरबाट योजना अनुमति प्राप्त गरी सम्बन्धित स्थानीय तहबाट नक्सा स्वीकृत गराइ सोबमोजिम निर्माण कार्य गराउनुपर्ने तर योजना अनुमति नलिई नक्सा स्वीकृत नगराइ तथा स्वीकृत नक्साविपरित निर्माण कार्यहरू भैरहेकाले त्यस्ता अनियमित, मापदण्ड विपरीत निर्माण कार्य नगर्न निर्देशन दिएको छ ।
प्राधिकरणले मापदण्ड विपरीत भए गरेका निर्माण कार्य हटाउन र र भत्काउन आदेश दिएको छ । सो बमोजिम नगरेमा प्राधिकरण आफैँले हटाउने, भत्काउने र लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने, जरिवाना समेत चेतावनी दिएको छ ।
नेपाल सरकारबाट स्वीकृत निर्माण मापदण्ड, २०६४ तथा बस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ अनुसार निजी क्षेत्रबाट जग्गा विकास कार्यक्रम कार्यान्वयन गर्दा वा संस्थागत, सार्वजनिक, व्यापारिक, मिश्रित आवासीय, सभा सम्मेलन भवन, सांस्कृतिक समारोह तथा भोजभतेर स्थल, अस्पताल, विद्यालय, कलेज,नसिंङ्ग होम संयुक्त, सामूहिक आवास निर्माण गर्नका लागि प्राधिकरण र अन्तर्गतका जिल्ला आयुक्तको कार्यालय, काठमाडौं, ललितपुर र भक्तपुरबाट योजना अनुमति प्राप्त गरी सम्बन्धित स्थानीय तहबाट नक्शा स्वीकृत गराइ सोबमोजिम निर्माण गर्नुपर्ने व्यवस्था रहेको छ ।