काठमाडौँ । काठमाडौँ नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार भएको खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो ।
टस हारेर ब्याटिङ गरेको कर्णाली याक्सले शिखर धवनको अर्धशतीय पारीको मद्दतमा एक सय ५० रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य काठमाडौँले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।
काठमाडौँका लागि गेर्हार्ड इरास्मसले ३८, माइकल लेभिटले २२, सुमित महर्जनले अविजित ४० र करण केसीले २८ रन बनाए । कर्णालीका लागि धवनले ५१ बलमा चार चौका र पाँच छक्काको मद्दतमा अविजित ७२ रनको योगदान दिएका थिए ।
त्यसैगरी चाल्डिक वाल्टनले १५ बलमा पाँच चौकाको सहयोगमा २१, बाबर हायातले १८ बलमा १३ रन, गुलशन झाले १९ बलमा एक चौकाको मद्दतमा १२ तथा जिशन मक्सुदले ११ बल खेल्दै एक चौकाको सहयोगमा १४ रन बनाए ।