शीर्षकहरू

नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा हस्ताक्षर

नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा हस्ताक्षर

काठमाडौँ । नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएसँगै अब बीआरआईलाई आधिकारित रुपमा अघि बढ्ने भएको छ ।

यसअघि मंगलबार प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको वार्तापछि ९ बुँदे समझदारी जारी नौबुँदे सहमति समझदारी भएको थियो । नेपालले ऋणबाहेक अनुदानमा मात्रै लिने प्रस्ताव गरेपछि मंगलबार बीआरआईमा सम्झौता हुन सकेको थिएन ।

नेपाली पक्षले फ्रेमवर्कको मस्यौदामा 'ग्रान्ट फाइनान्सिङ कोअपरेसन मोडालिटी' राखेको थियो । तर चिनियाँ पक्षले उक्त प्रस्ताव अस्वीकार गरेर फर्काएपछि अन्तिममा 'एड असिन्टेन्स फाइनासिङ' राखेर पठाएको प्रस्तावअनुसार सहमति भएको हो ।