बारा । गृहमन्त्री रमेश लेखकले बाराको वरियारपुरस्थित गढीमाईको पूजा अर्चनाको गरेका छन् । विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रियस्तर एउटै ठूलो पहिचान दिएको भन्दैगढीमाई मन्दिरको संरक्षणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री लेखकले बताए।
गढीमाई मेलालाई व्यवस्थित बनाउनको लागि आफूले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाँकी नरहने गरी प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताए ।
मेलामा दर्शनार्थीहरुको चाप बढी हुने गरेकोले आवश्यक परेमा थ सुरक्षाकर्मी खटाइने गृहमन्त्री लेखकले बताए । गृहमन्त्री लेखकले पुजा–अर्चनापछि बारा र पर्साका जिल्लाको प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसँगसंग भेटेर मेलामा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाई सुक्ष्म निगरानी राख्न निर्देशन दिएका थिए ।
'मेलामा आउने हरेक श्रद्धालुभक्तजनहरुको सुरक्षामा कुनै कमी नहोस । सुरक्षा निगरानी राख्न सिसि टिभी क्यामरा, सुरक्षा सर्वेलान्स, हरेक उपकरणको प्रयोग गरेर निगरानी गर्नुहोला,’ उनले भने ।