शीर्षकहरू

प्राइम कमर्सियल बैंकको सत्रौं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

प्राइम कमर्सियल बैंकको सत्रौं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकालीको सभाहलमा आज २०८१ साल मंसिर १९ गते बुधबार सम्पन्न भयो । सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्तावलाई अनुमोदन गरेको छ । 

बैंकको चुक्ता पुँजी रु. १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रहेको छ । सो सभामा अध्यक्ष श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल रु. १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात २०.६९ प्रतिशतले वृद्धि गरी कुल रु. २ खर्ब १५ अर्ब ५१ करोड पु¥याएको छ । 

बैंकले सञ्चालन मुनाफामा पनि गतवर्ष भन्दा १७.७२ प्रतिशतले बृद्धि गरी कुल ७ अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेको छ । उनले शेयरधनीहरुमाझ भने, यसले दीर्घकालिन रुपमा आफ्ना शेयरधनीहरुलाई बैंकले दिन सक्ने उच्चतम प्रतिफल प्रदान गर्न संस्थाको आर्थिक क्षमता अभिबृद्धि गर्दै लगेको र आगामी वर्षहरुमा सेयरधनीले प्राप्त गर्ने लाभांश बढाउँदै लैजान बैंकले बलियो रणनीति लिएको जानकारी समेत दिए । 

साधारण सभामा शेयरधनीहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्जिव मानन्धरले बैंकले प्रतिकूल परिस्थितिका बीच निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिशन आम्दानी एवं गैह्र कोषमा आधारित अन्य आम्दानी समेतमा उल्लेखनीय बृद्धि गर्दै लगेको जानकारी गराए ।