काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर समेत ११ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गर्ने गरी कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।