शीर्षकहरू

थाइल्याण्डमा सबैभन्दा बढी बिक्री हुने इभी बन्यो नेटा एक्स

थाइल्याण्डमा सबैभन्दा बढी बिक्री हुने इभी बन्यो नेटा एक्स

काठमाडौँ । चीनको बहुचर्चित अटोमोबाईल निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाइल्यान्डमा सबैभन्दा धेरै बिक्री हुने एसयुभी बनेको छ ।

थाइल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्री भएका एसयुभीहरुमा सबैभन्दा बढी बिक्री भएको नेटा एक्सले उक्त वेष्ट सेलिङ्ग एस युभिको जित हासिल गर्न सफल भएको बताएको छ । 

थाइल्यान्डको अटोमोबाइलले  क्षेत्रमा  गत अक्टोबर र नोभेम्बरमा  नेटाका दुई भेरियन्टहरु नेटा एक्स ४०१ कन्फर्ट तथा नेटा एक्स ४८०  स्मार्टको बिक्री तथ्याङ्कलाई आधार मानिएको बताएको छ । 

थाइल्यान्डका लागि नेटा ब्रान्डका विभिन्न सवारी साधन बिक्री हुादै आएका छन् । चिनियाँ ब्रान्ड नेटालाई नेपालमा सिजी मोटर्सले बिक्री गर्दै आएको छ ।