शीर्षकहरू

आशा लघुवित्तले विद्यमान संस्थापकमा जारी गर्‍यो २ लाख ७५ हजारभन्दा बढी कित्ता शेयर

आशा लघुवित्तले विद्यमान संस्थापकमा जारी गर्‍यो २ लाख ७५ हजारभन्दा बढी कित्ता शेयर

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ७५ हजार ९२७ कित्ता संस्थापक शेयर मंसिर २१ गतेदेखि निष्काशनमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन पाउने गरी यी शेयर निष्काशनमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।