काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा चितवन राइनोज कर्णाली याक्ससँग पराजित भएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३० रन बनाइ जितका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कर्णालीले उक्त लक्ष्य १९.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
चितवनका लागि रवि बोपारा अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ४० बलमा एक छक्का र सात चौकाको मद्दतले ५९ रन बनाए । कप्तान कुशल मल्लले २३, विपीन रावलले ११, जान निकोल लोफ्टी इटन र अमर रौतेलाले समान नौ/नौ र दीपक बोहोराले आठ रनको योगदान दिए ।
शरद भेषावकरले अविजित रहँदै छ रन जोडे भने सोहेल तनवीर शून्य रनमा आउट हुन पुगे । चितवनले अतिरिक्त पाँच रन प्राप्त गर्यो । कर्णाली याक्सका लागि विपीन शर्माले सर्वाधिक तीन विकेट लिए । कर्णालीका जिशान मकसूदले दुई, नन्दन यादव र कप्तान सोमपाल कामीले एक/एक विकेट हात पारे ।
यस्तै कर्णालीका लागि शिखर धवनले ४१ बलमा ४ चौका र १ छक्काको मद्दतमा ४५ रन जोडे । च्याडविक वाल्टनले ३० र देव खनालले २५ रन बनाए ।