भैरहवा । पशुपति बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव मनाएको छ । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा रहेको सहकारीले शनिवार उक्त महोत्सव मनाएको हो । संस्थाका अध्यक्ष डोलराज बस्यालले रजत महोत्सवको अवसरमा सप्ताहव्यापी रुपमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गरेको बताउँदै पशुपति सहकारी सबल र अब्बल रहेको बताए ।
कार्यक्रममा संघीय सासंद छबिलाल बिश्वक्रमाले मुलुकको अर्थतन्त्र धान्ने सहकारी रहेको बताउँदै कतिपय संस्थाहरुमा समस्या रहेकोले सहजिकरण गर्दै सरकार अगाडि बढेको बताए । संस्थाले जेष्ठ नागरिक, संस्थापक सदस्य र उच्च शिक्षा आर्जन गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरी, १५ का अध्यक्ष खेमराज गुरुङ, १६ का अध्यक्ष झबिलाल भूसाल लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव अर्जुन बस्यालले गरेका थिए ।