शीर्षकहरू

रामवन सहकारीमा शुशिल पाण्डेको नेतृत्व

रामवन सहकारीमा शुशिल पाण्डेको नेतृत्व

भैरहवा । रामवन वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नयाँ नेतृत्व चयन भएको छ । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा रहेको सहकारीमा शनिवार नयाँ नेतृत्व चयन भएको हो । सुशील पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा मधुसुदन खनाल, सचिव लक्ष्मी भुर्तेल, कोषाध्यक्ष चन्द्रकान्त भण्डारी, सदस्यमा रामचन्द्र पाण्डे, सीता पौड्याल, नन्दकला पन्थ, मणिराम भण्डारी र कालिका भण्डारी निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित अध्यक्ष सुशील पाण्डेले बक्यौता रकम उठानु मुख्य प्राथमिकता रहेको बताउँदै संस्थालाई सबल बनाएर अगाडि बढाउन सधैं प्रयत्नरत रहने बताए । उद्घाटन सत्रमा बोल्दै उपाध्यक्ष खेमराज पाण्डेले पछिल्लो समय सहकारी ठगिका घटनाहरु बाहिरी रहँदा रामवन सहकारी अब्बल रहेको बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष बाबुराम भण्डारीले रामवन सहकारीमा २४ ओटा कार्यविधि तयार भएको र सोही अनुसार संस्था चलिरहेको बताउँदै सहकारी हरेक दृष्टिले सुरक्षित रहेको बताए । उनले शेयर सदस्यलाई ढुक्क भएर बस्न आग्रह गर्दै नयाँ सदस्य बन्नकालागि आह्वान गरे । कार्यक्रममा सदस्यका जेष्ठ्य परिवारलाई र  उच्च शिक्षा आर्जन गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो । सहकारीले सहकारीको सिद्धान्तलाई पालना गर्दै कुनै पनि सरकारी तहबाट सेवा सुविधा तथा तलब भत्ता लिएका र अन्य सहकारीहरुमा सञ्चालक समितिमा नरहेका व्यक्तिहरुलाई सञ्चालक समितिमा ल्याएर मुलुकमै उदाहरणीय बनेको छ ।