शीर्षकहरू

आज पनि घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

आज पनि घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ । आइतबार ४५.९३ अंकको उच्च गिरावट भएको शेयर बजार आज पनि ‌ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक १२.८४ अंकले घटेर दुई हजार ६७६.१५ बिन्दुमा बजार बन्द भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स १.३६, फ्लट इन्डेक्स ०.८३ र सेन्सेटिभ इन्डेक्स ०.५२ अंकले घटेको छ भने १३ उपसमूहमध्ये ८ उपसमूहको शेयर ओरालो लागेको छ । आज वित्त, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्यबाहेक अन्य उपसमूहको शेयर घटेको छ ।

कारोबारमा आएका २४४ मध्ये १३८ कम्पनीको शेयरमूल्य घटेको छ भने ९२ कम्पनीले नाफा कमाउँदा १३ कम्पनीको शेयर स्थिर रहेको छ ।

यसदिन इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक ८.७६ प्रतिशतले कमाउँदा स्वाभिमान लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आइतबार  ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँ बराबरको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर खरिदिबिक्री भएकोमा आज ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख २३ हजार ३ कित्ता शेयर कारोबार भएको छ ।