काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार रूपैयाँले बढेको छ।
मंगलबार प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुनको आजको मूल्य एक लाख ५४ हजार दुई सय रूपैयाँ छ।
यस धातुको मूल्य सोमबार प्रतितोला चार सय रूपैयाँ र मंगलबार प्रतितोला दुई हजार एक सय रूपैयाँले बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ।
मंगलबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य तोकिएको छ।