शीर्षकहरू

महालक्ष्मी विकास बैंकका ग्राहकलाई स्काईवाकदेखि सैलुनसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई स्काईवाकदेखि सैलुनसम्म छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी आफ्ना ग्राहकलाई छुट दिनेगरी सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरूका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

सम्झौताअनुसार वन्डर्स नेपाल प्रालिद्वारा सञ्चालित स्काईवाक टावर   कमलादीमा  १५ प्रतिशत छुट पाउनेछन् । चेरिस ग्रुप विशालनगरमा खाना तथा पेय पदार्थ    १५ प्रतिशतसम्म, अमैचा सानेपा, ललितपुरमा  कपडा खरिदमा   १० प्रतिशत र मलाला युनिसेक्स सैलुन  भैंसेपाटीमा ललितपुर   ब्युटिसियन सेवामा    १० प्रतिशत छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकको छ ।