शीर्षकहरू

राधी विद्युत कम्पनीले ५ प्रतिशत लाभांश वितरण गर्ने, पुस १८ गते साधारण सभा

राधी विद्युत कम्पनीले ५ प्रतिशत लाभांश वितरण गर्ने, पुस १८ गते साधारण सभा

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ४ दशमल ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि पुस १८ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

दरबार रेष्ट्रो एण्ड पार्टी भेन्यु, ललितपुरमा विहान १० बजे सभा सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । स्वतन्त्र सञ्चालक नियुक्ती पनि सभाले अनुमोदन गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।