काठमाडौँ । नेपाल विद्यावारिधि संघ र वर्ल्ड वर्ल्डलाइफ फण्डको सहकार्यमा राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न भएको छ । हरियो, लचिलो, र समावेशी पूर्वाधार विकासमा राष्ट्रिय संवाद विषयको राष्ट्रिय संवादमा हरित वातावरणमैत्री समावेशी दिगो पूर्वाधार विकास विषयमा कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालय, नेपाल सरकारका मान्नीय मन्त्री श्री ऐन बहादुर शाही ठकुरीज्यू, राष्ट्रिय योजना आयोगका सदस्य माननिय डा. रमेश प्रसाद सिंह ज्यू, प्रोफेसरहरु, वातावरणविदहरु, पूर्वाधार विज्ञहरु, एफएनसीसीआई, सीएनआई , र विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको उपिस्थिति रहेको थियो । आजको कार्यक्रमको छलफलको मुख्य बहसको विषयबस्तु वन, जङ्गल जैविक विविधता सरक्षण सहितको समावेसी पूर्वाधार नीर्माण रहेको थियो ।
नेपाल विद्यावारिधि संघको अध्यक्ष डा सुनिल बाबु श्रेष्ठ ज्यूले यस कार्यक्रममा वन, जङ्गल जैविक विविधता सरक्षण र समावेसी पूर्वाधार नर्मिाण र विकासको महत्वको वारेमा प्रकास पारे ।
प्रमुख अतिथि मान्नीय मन्त्री श्री ऐन बहादुर शाही ज्यु ले हाम्रो देश वन, जङ्गल,बन्य जन्तु, नदी, नाला, हिमाल, पहाडहरु सम्बृद्घ देश रहेको र यो राष्ट्रिय गौरवको स्रोत मात्र होईन, बरु यसले पर्यावरण संरक्षण गरि विश्वव्यापि रुपमा वातावरण बचाउनका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । उनले आर्थिक वृद्धिका लागि पूर्वाधार विकासको बढ्दो आवश्यकता र हाम्रो प्राकृतिक धरोहरको संरक्षणमा हामी माझ गम्भीर चुनैती उत्पन्न भएको बताए ।
यस प्रस्थितिमा पर्यावरण संरक्षण र पूर्वाधार विकासबीच सन्तुलन कायम राख्ने उपायहरु पत्ता लगाउनु आजको आवश्यकता रहेको र नेपाल सरकार समावेशी, र वातावरणीय रुपमा दिगो विकासको प्रवद्र्घनमा प्रतिबद्ध रहेको बताए ।
वातावरण सुरक्षामा आधारित समावेशी डिजाइन गरिएको पूर्वाधारले विकास र प्रकृतिको विचमा सन्तुलन स्थापना गर्नेछ । यस बारेमा उनले बुद्धजीवी, पर्यावरणविद्, निजी क्षेत्र, नागरिक सामाज शैक्षिक क्षेत्र नेपाल सरकार, अन्तराष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्थाहरु बीचमा गम्भीर बहस र छलफलले अवश्य पनि महत्वपूर्ण निकास दिने बताए । यस परिवेशमा नेपाल पीएचडी एसोसिएन जस्तो विभिन्न क्षेत्रको अनुसन्धानकर्ताको फोरमले यो महत्वपूर्ण संवादको आयोजना गरेकोमा सराहना गरे ।