काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् ।
मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चार्टर्ड एकाउण्टेण्ट देवकोटालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार पुस १ गतेदेखि लागू हुनेगरी देवकोटा सीईओमा नियुक्त भएका हुन । उनको कार्यकाल आगामी ४ वर्षको हुने जानकारी समेत कम्पनीले दिएको छ ।