काठमाडौँ । आज नेप्से परिसूचक ३३.४२ अंकले घटी २६८२ अंकमा कायम भएको छ। तर कारोबार रकम भने अघिल्लो दिनको तुलनामा १ अर्ब ९ करोडले बढी ६ अर्ब १४ करोड पुग्यो।
बिहीबार ४० कम्पनीको सेयर मूल्य बढ्यो भने २०४ को घट्यो । उत्पादन समूह बाहेक अन्य सबै समूहहरुले गिरावटको सामना गर्नुपर्यो। उत्पादन ०.३८ प्रतिशतले वृद्धी हुँदा बैंकिङ, विकास बैंक, फाइनान्स, हाइड्रोपावर र लगानी क्रमश : १.७२,१.५५,२.६४, ०.९९ र १.१८ प्रतिशतले घट्यो।
यसैगरी , जीवन बीमा १.३७, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.९२, अन्य ०.९९ र व्यापार १.२६ प्रतिशत घटे ।
आज त्रिशूली जलविद्युतको मूल्य सर्वाधिक ८.५५ प्रतिशतले बढी प्रतिकित्ता मूल्य ५६० रूपैयाँ कायम भएको छ। यस्तै, जानकी फाइनान्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले गिरावट आई प्रतिकित्ता मूल्य ८६१ रूपैयाँ २० पैसामा झरेको छ।
बिहिबार जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको थियो । यसको प्रतिकित्ता मूल्य ८६१ रूपैयाँ २० पैसामा २६ करोड १२ लाख रूपैयाँको सेयर कारोबार भयो।